Logo
Logo

स्ववियु निर्वाचन व्यवस्थित गर्न केन्द्रीय अनुगमन समन्वय समिति गठन


441
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन व्यवस्थित र मर्यादित बनाउन ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ ।

त्रिविका शिक्षाध्यक्ष डा शिवलाल भुसालको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजक त्रिविका रजिष्ट्रार प्रा.डा पेशल दाहाल र समितिका सदस्यसचिवमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी रहेका छन् ।

सदस्य–सचिव अधिकारीका अनुसार समितिले निर्वाचन आचारसंहिता बनाउने, निर्देशिका तथा कार्यविधि बनाउने छ ।
त्रिविले गत पुस २८ गते आङ्गिक क्याम्पसलाई पत्र र सम्बन्धन प्राप्त क्याम्पसलाई सूचना जारी गर्दै स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न निर्देशन दिएको छ । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्