काठमाडौं । नेपाली टी–२० लिगमा स्पोट फिक्सिङको आरोपमा पक्राउ परेका अलराउन्डर मोहम्मद आदिल आलम र पूर्व खेलाडी महबुब आलमलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले आज (सोमबार) बिहान आदिललाई सप्तरी र महबुबलाई मोरङमा पक्राउ गरेको थियो । उनीहरुलाई सीआईबीको आग्रहमा काठमाडौं पठाउन ल्याउन लागिएको प्रहरी स्रोतले जनकारी दिएको छ ।
आदिल अन्सारीले नेपाल टी–२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । खेलको दौरानमा आदिलले फ्ँयालेको एक नो बल चर्चामा रहँदै आएको थियो । आदिलले फार वेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरको फ्याँलेको नो बलले उनीमाथि शंका बढ्दै गएको थियो । एन्टी करप्सन युनिट (एसियु) ले उनीसँग त्यसपछि सोधपुछ गरेको थियो । शंका बढ्दै गएपछि आदिलले बाँकी खेल भने खेलेका थिएनन् ।
आदिलले नेपाल टी–२० लिगमा जनकपुरबाट ८ खेल खेलेका थिए । महबुब आलम भने स्पोट फिक्सिङको लागि बाहिरबाट भूमि खेलेको बताइदै आएको थियो ।
उक्त लिगमा म्याच फिक्सिङबारे अनुससन्धन गरिरहेको प्रहरीको केन्द्रीय अनुसान्धन ब्युरो (सिआईबी)ले कम्तिमा चार नेपाल र ६ विदेशी खेलाडी संलग्न भएको ठहर गरेको छ ।
पुस ९ देखि २७ सम्म भएको खेलमा म्याच फिक्सिङ भएको कुरा आएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान अन्तिम चरणमा पु¥याउँदै स्पट फिक्सिङमा कम्तिमा १० जना संलग्न रहेको प्रहरीले निष्कर्ष निकाले हो ।











