Logo
Logo

३ पाइलटलाई कारबाही गर्न उड्डयन प्राधिकरणको निर्देशन


1.3k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । 

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

‘विमानस्थलमा अवतरण गर्दा त्यँहाको एटीसीको नियम पालना गर्नुपर्छ । उसैको निर्देशन अनुसार अवतरण गर्नुपर्छ । तर, निगमका पाइलटहरूले त्यसलाई फलो नगरेको पाइएपछि कारबाहीको निर्देशन दिइएको हो’, प्राधिकरणका एक अधिकारीले भने । 
 
   
 

प्रतिक्रिया दिनुहोस्