
काठमाडौं । नेपाल केवल टेलिभिजन व्यवसायीले उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसमक्ष पोलभाडा सम्बन्धि ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार बिहान महासंघका अध्यक्ष ध्रुव शर्मा, संघर्ष समितिका संयोजक ध्रुव सुवेदीलगायत पदाधिकारीले मन्त्री लिङ्देनलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले पोल भाडाको विषयलाई लिएर विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा जडान गरिएका केबलका तार काट्ने, जफत गर्ने, विद्युत आपूर्ती बन्द गर्ने जस्ता गैरकानुनी कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।
केवल व्यवसायीले उपभोक्तासँग न्यूनतम शुल्क लिएर घरघरमा टेलिभिजन सेवा पुर्याउँदै सूचनाको हकको प्रत्याभूति ज्ञापनपत्रमा उल्लेख छ ।
















