
काठमाडौं । जगदम्बा मोटर्सले पहिलोपटक अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइड आयोजना सम्पन्न गरेको छ । कम्पनीले आइतबार र सोमबार काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइडको आयोजना गरेको हो ।
३० जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामाग्री वितरण गरेका थिए ।

टिभिएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्र लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । यद्यपि रात्रिकालिन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ ।
अपाचेका चालकहरुले अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना छ ।












