Logo
Logo

सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन


441
Shares

भैरहवा । सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ । गुरुङको उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा मंगलबार साँझ निधन भएको हो ।

गुरुङ एक महिनाअघि मस्तिष्कघात भई उपचाररत थिए । नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ देखि सुस्तामा बसेर अतिक्रमणविरुद्ध लड्दै आएका थिए ।

२०६२ सालदेखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाउ अभियान’ नामक समिति गठन गरेर अतिक्रमणको विरुद्ध अभियान चलाएका थिए ।

अतिक्रमण विरुद्ध लागेको भन्दै भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको थियो ।

प्रतिक्रिया दिनुहोस्