Logo
Logo

अध्यक्ष नेपालद्वारा गौर-पिपरा सडकखण्डकाे निरीक्षण


945
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर–पिपरा सडकखण्डको निरीक्षण गरेका छन् ।

गृहजिल्ला रौतहटमा पुगेका अध्यक्ष नेपालले बुधवार बिहान सडक विस्तारको निरीक्षण गरेका हुन् । उनले यस सडक खण्डलाई महत्व दिँदै आएका छन् । यतिबेला सडक विस्तारको काम चलिरहेको छ । निरीक्षणका क्रममा सडक विस्तारलाई तिव्रता दिन र भरपर्दाे काम गर्न निर्देशन दिएका छन् ।

मंगलबार गृहजिल्ला प्रस्थान गरेका अध्यक्ष नेपालले जिल्लामा भइरहेका अन्य विकास निर्माणको अवलोकण र निरीक्षण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्