Logo
Logo

ट्राफिक प्रहरीको ज्यादतीविरुद्ध अटो व्यवसायी आन्दोलित


882
Shares

काठमाडौं । अटो व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । कालीमाटीदेखि बल्खुसम्मका विभिन्न अटो व्यवसायीहरु ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै आन्दोलित भएका हुन् ।

कुलेश्वर अटो व्यवसाय संघले काठमाडौं महानगरपालिकामा ‘गरिखान देऊ’ भन्दै विरोध जनाएका छन् । उनीहरूले आफ्नो पसल अगाडि एक मिनेट पनि सवारी रोक्न नदिएको भन्दै महानगरपालिकाको केन्द्रीय कार्यालयमा चर्को नाराबाजी गरेका छन् ।

हातमा ‘महानर गरिखान देउ’लगायतका प्लेकार्डसहित महानगरको कार्यालयर पुगेर नाराबाजी गरेका छन् । उनीहरूले ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा समेत विरोध गर्ने कार्यक्रम रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्