Logo
Logo

मलेसियामा बाढीका कारण हजारौं विस्थापित



एजेन्सी । मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन् ।

मलेसियाको समाज कल्याण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र जोहोरमा चार हजार ७०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ भने उत्तरी बोर्नियो राज्य सबाह र पाहाङ राज्यमा पनि बाढीले गर्दा सामान्य जीवन प्रभावित भएको छ ।

सिंचाइ तथा ढल निकास विभागका अनुसार जोहोरका चार वटा नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेपछि नागरिकलाई सावधानी अपनाउन भनिएको छ ।

मलेसियामा उत्तरपूर्वी मनसुनको प्रभाब सामान्यतया नोभेम्बरदेखि मार्चसम्म रहन्छ । मलेसियामा गत वर्ष पनि बाढकिा कारण हजारौँ मानिस प्रभावित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्