Logo
Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, यस्तो छ आजको कारोबार


1.6k
Shares

काठमाडौं । सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यसअघि मंगलबारमात्रै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्