
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक माघ १५ गते बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि गत पुस २२ का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुस २८ गतेका लागि सारिएको थियो । तर, अन्तिम समयमा उक्त बैठक माघ १५ का लागि तय गरिएको छ ।
बैठकका लागि कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिक सन्दर्भ र विविध गरी तीन वटा एजेन्डाहरु तय गरेको छ ।














