Logo
Logo

यो कार्यकाल सुशासन र समृद्धिमा समर्पित : प्रधानमन्त्री


378
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अहिलेको कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताएका छन् ।

मारवाडी सेवा समिति नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनताको शान्ति, समृद्धि, सामाजिक न्यायको आकांक्षालाई सम्बोधन गर्नुपर्ने र यस पटक सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताए ।
उनले सबै मलेर देश बनाउनुपर्ने धारणा राखे । आर्थिक परिसूचकहरु चिन्ताजनक अवस्थामा रहेका बेला सरकारको नेतृत्व गर्ने चूनौतिपूर्ण अवसर पाएको भन्दै उनले आर्थिक लगाएतका समस्या समाधान गर्न सवै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए ।

उनले नेपालको आर्थिक क्षेत्रमा मारवाडी समूदायको भूमिकालाई सरकारले सकारात्मक रुपमा लिदै मारवाडी समूदायका बिभिन्न मागलाई समाधान गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्