
काठमाडौं । पोखरामा जलेर दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका-१३ काहुँखोलामा ४३ वर्षका कृष्णबहादुर क्षेत्री र संगीता सापकोटा जलेर घाइते भएका हुन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत दुवैजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेको प्रहरीले आशंका गरेको छ ।
यद्यपी उनीहरु के कारणले जले भन्ने यकिन हुन सकेको छैन । यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














