
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले
गत साताको शुक्रबारको तुलनामा आज एकैदिन सुनको मूल्य ह्वात्तै घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मुल्य तोलामा १ लाख ६हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम थियो ।











