काठमाडौं । सामसङ्गले अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन, सामसङ्ग ग्यालेक्सी एस२३ नेपालमा भित्राएको छ । उक्त स्मार्टफोनलाई काठमाडौको बौद्धस्थित हायात होटलमा एक कार्यक्रमबीच सार्वजनिक गरेको हो ।
ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+ र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरुको अन्भेल सामसङ्गका सहउपाध्यक्ष श्री सुङ जुन पार्क, सामसङ्गका निर्देशक श्री प्रणयरत्न स्थापित, अभिनेता अनमोल केसी र मिस नेपाल–२०२२ की विजेता प्रियंकारानी जोशीले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

सामसङ्गका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईंको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ । यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ्ग एक्सपेरियन्सलाई कसैले मात दिन सक्दैन । हामी नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं, जुन एक अल्तिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्राहकलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ ।’
ग्यालेक्सी एस२३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएका छन् । ग्यालेक्सी एस२३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएका छन् । जसले ग्राहकलाई कुनैपनि लाइटिङमा फोटो र भिडियो खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्छ । फ्युचर–रेडी मोबाइल गेमिङ्गको अनुभव दिलाउँछ । यो एको फ्रेन्ड्ली डिभाइस हो, जसकोे निर्माणमा पहिलेको भन्दा दुई गुणा बढी रिसाइक्लेड गरिएका सामग्री प्रयोग भएको छ ।











