Logo
Logo

एनआईबीएल एस क्यापिटलद्वारा म्युचुअल फण्ड र धितोपत्र बजारबारे जानकारी


630
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा ‘डियरवाक ग्रुप लिमिटेड’अन्र्तगत रहेका डियरवाक कम्पवयर लि. र सिफल स्कुल लि.मा कार्यरत विभिन्न तहका कर्मचारीलाई लगानी व्यवस्थापन तथा म्युचुअल फण्डसम्बन्धी सचेतनासहित जानकारी गराएको छ ।

उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजारबारे संक्षिप्त जानकारी गराएको थियो । साथै, खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्डको बारेमा र खुलामुखी योजनाअन्र्तगत रहेको व्यवस्थित लगानी योजना (एसर्आईपी) सम्बन्धी सम्पूर्ण जानकारी गराइएको थियो ।

सोही कार्यक्रममा क्यापिटलले हाल प्रदान गरिरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवालगायत बजारका विभिन्न लगानी उपकरणबारे छलफल भएको बैंकले जनाएको छ ।

यस प्रकारका कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्