Logo
Logo

धादिङको जहरेखेतमा पहिरो, मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध


0
Shares

धादिङ । मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार बिहीबार साँझ धादिङको गजुरी गाउँपालिका–६ जहरेखेतमा पहिरोसहित बिजुलीको पोल ढलेपछि दुवैतर्फ यातायात अवरुद्ध भएको हो ।

The current image has no alternative text. The file name is: muglin-1.jpg

प्रहरीले अहिले पहिरो पन्छाउने तथा ढलेको विद्युत् पोल हटाउने तयारी भइरहेको जानकारी दिएको छ । सडक अवरुद्ध भएपछि मुग्लिन र काठमाडौं दुवैतर्फ जाने तथा आउने सवारीसाधन रोकिएका छन् । 

प्रतिक्रिया दिनुहोस्