Logo
Logo

नियमापत्तिका आधार पुष्टि गर्न सांसदहरूलाई सभामुखको निर्देशन


0
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन दिएका छन् ।

प्रतिनिधिसभामा जे विषयमा पनि नियमापत्ति हुन लागेको भन्दै उनले नियमावलीको व्याख्या अनुसार आपत्ति जनाउन निर्देशन दिए । ”जे विषयमा नियमापत्ति गरिएको हो, सो भन्दा बाहिर गएर आफ्ना भनाइ राखे तथा बोल्नका लागि मात्रै नियमापत्ति गर्ने कार्य शोभनीय देखिँदैन,” सभामुख अर्यालले भने ।

सदनमा जे विषयमा पनि नियमापत्ति हुन थालेपछि सभामुखले उक्त विषयको गरिमा बुझ्न सांसदहरूको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्