Logo
Logo

एक अर्ब बढीको हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ


0
Shares

काठमाडौं । एक अर्बभन्दा बढी हुण्डी कारोबार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउन गरेको छ ।

The current image has no alternative text. The file name is: Arrest-Pakrau.jpg

केन्द्रीय अनुसन्धान ब्युरोले शाही मनि ट्रान्सफरसहित विभिन्न वाणिज्य बैंकका खाताबाट शंकास्पद कारोबार गरेको देखिएपछि प्रहरीले ज्योती शाहीलाई पक्राउ गरेको हो ।

उनलाई सुनसरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न बैंकको ५२ खाताबाट उनले एक अर्ब तीन करोड ८४ लाख ७५ हजार ८४५ बराबरको कारोबार गरेको खुलेको छ ।

उनलाई हुण्डी कारोबार गर्न नहुने कसुरअन्तर्गत कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्