Logo
Logo

क्षमादेवी ग्रुपले सञ्चालनमा ल्यायो कन्स्ट्रक्सन मार्ट 


1.4k
Shares

काठमाडौं । क्षमादेवी ग्रुपले  नेपालकै पहिलो कन्स्ट्रक्सन मार्ट सञ्चालनमा ल्याएको छ ।  बिहीबार एक कार्यक्रमका बीच क्षमादेवी ग्रुपका सञ्चालक निरन्जन कृष्ण श्रेष्ठ र सोमानी टाइल्स डेपुटी सुजित कुमार मोहन्टी र संजीव रंजनले मार्ट भित्र सोमानी स्टुडियो उद्घाटन गरेका हुन् ।

क्षमादेवीले सञ्चालनमा ल्याएको उक्त मार्टमा घर निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरू उपलब्ध रहेको बताइएको छ । घर बनाउन आवश्यक सबै सामग्री पाइने मार्टकी सिइओ हेलेन घिमिरेले बताइन् । घर बनाउँदा चाहिने सम्पूर्ण बिल्डिंगको सामग्री, इन्टेरियर र एक्सटेरियरलगातका सामग्रीसँगै मार्टमा प्रोडक्ट एक्सपर्ट द्वारा परामर्श सेवासमेत उपलब्ध रहेको उनले बताइन् ।

मार्टमा ३० भन्दा बढी ब्रान्डका तीन सय भन्दा बढी प्रोडक्ट क्याटागोरी रहेको छ।  घर बनाउँदा सामान किन्न विभिन्न ठाउँहरू धाउन पर्ने बाध्यता रहेको अहिलेको अवस्थामा ग्राहकको समय बचत गरी गुणस्तरीय निर्माण सामाग्री एकै ठाउँबाट उपलब्ध गराउने मार्टको मुख्य उद्देश्य रहेको छ।

मार्ट उद्घाटनको अवसरमा उक्त कम्पनीले टिकटक कन्टेस्टसमेत ल्याएको छ । जस अन्तरगत क्षमादेवी ग्रुपको जिंगलमा टिकटक बनाउने मध्ये प्रथम हुने एक जनालाई नगद एक लाख, द्वितीय पुरस्कारमा दुई जनालाई ७५ हजार र तृतीय पुरस्कार तीन जनालाई ५० हजार रुपैयाँ दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्