Logo
Logo

आईसीसी यू-१९ : आज नेपाल र हङकङ भिड्दै


819
Shares

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा आज (सोमबार) नेपालले हङकङसँग खेल्दै छ । नेपालले विश्वकपको एसिया छनोट प्रतियोगिताको तेस्रो खेलमा हङकङको सामना गर्न लागेको हो ।

खेल नेपाली समयअनुसार बिहान १०:४५ बाट सुरु हुनेछ । नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो ।

हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्