Logo
Logo

आइसिसी लिग-२ : आज नेपाललाई पपुवा न्युगिनीमाथी जित्नै पर्ने दबाब


2k
Shares

काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ ।

त्रिकोणात्मक ओडिआई सिरिज आजदेखि दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ । नेपालको कप्तानी रोहित पौडेलले गर्नेछ्न भने पपुवा न्युगिनीको कमानी असाद भालाले सम्हाल्नेछन् ।

यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा सबै खेल जितेकाले नेपाली खेलाडीको मनोबल उच्च छ । नेपाल उच्च प्रदर्शन गर्ने सोचसहित मैदानमा उत्रदै छ । तर, घरेलु मैदानमा भएको सिरिज खेलेका क्रिकेटर सन्दीप लामिछाने टोली बाहिर छन् ।

बलनात्कार आरोपमा अदालतले थुनामुक्त गरेपनि विदेशमा खेल्न जान रोक लगाएपछि उनी यस खेल खेल्नबाट बञ्चित भएका छन् । लामिछाने बिनाको यो खेलमा नेपाललाई जीत हासिल गर्न भने निकै सकस हुनेछ । यस अघिका चारवटै खेलमा सन्दिपले कुल ११ विकेट लिएको स्मरण भने दुबईमा गरिनेछ ।

लामिछाने बिनाको यो खेललाई लिएर क्रिकेट प्रेमी धेरैको नजर परेको छ । यद्धपी, लगातार चार खेल जीतेका नेपाली खेलाडी पपुवा न्यगिनीलाई सहजै हराउने विश्वासमा छन् ।

दुबईमा हुने यो प्रदर्शनसँगै नेपाली क्रिकेटको आगामी चार वर्षको भविष्य निर्धारण हुनेछ । यो खेलमा जीत हासिल गर्ने नेपाल, युएई र नामिबिया मध्य एक टोली सोझै विश्वकप छनोटमा पुग्दैछन् ।

यस समुहका स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् भने अब तीन देश मध्ये एक बिश्वकपमा जाने भएकाले दुबईमा हुने खेललाई महत्वका साथ हेरिएको छ । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ ।

पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । उसको विश्वकप यात्रा यसअघि नै रोकिसकिएको भए पनि नेपाललाई भने जीत्नु पर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्