Logo
Logo

परराष्ट्रमन्त्रीको विदेश भ्रमण रोकिएपछि एमालेको आपत्ति


1.3k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेलको विदेश भ्रमण रोकिएकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

सोमबार एमालेले परराष्ट्रमन्त्री पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमप्रति आपत्ति जनाएको हो ।

मन्त्रिपरिषदले निर्णयसमेत गरिसकेर भ्रमणमा जाने तयारीमा रहेका मन्त्रीलाई अन्तिम समयमा रोक्नु आपत्तिजनक रहेको एमालेले निष्कर्ष निकालेको छ ।

आजको सचिवालय बैठकपछि उपाध्यक्ष विष्णु पौडेलले एमालेका मन्त्रीहरूप्रति प्रधानमन्त्रीको व्यवहारले पनि तत्काल सरकार छोड्न बाध्य बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्