काठमाडौं । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को मधेश प्रदेश तथा रौतहटको वार्षिक उत्सव सम्पन्न भएको छ ।

रौतहटको पार्टी कार्यालय चपुरमा मधेश प्रदेश तथा रौतहटको वार्षिक उत्सव र बैठक अद्यावधिक कार्यक्रम सम्पन्न भएको हो । बैठकले प्रदेशका उपसचिव प्रदेशी नारायण चौधरीलाई प्रदेश सचिवमा मनोनित गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य कल्याणी खड्काले भूपूहरुकाे समस्या निजकबाट नियालिरहेको बताए । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले भूपूहरुको बारेमा र बाहलवाला कर्मचारीहरूको समस्या नजिकबाट बुझेकाले भूपूहरुको समस्याको सम्बोधन गर्ने बताए ।
सङ्गठनका अध्यक्ष धनबहादुर कार्की र मधेश प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्यहरूले पार्टीले भूपूहरूको सस्य नजिकबाट नियालेको उल्लेख गर्दै उनीहरूकाे समस्या सरोकार निकायमा पुर्याउने आश्वासन दिए ।
भूपू सैनिक तथा प्रहरीहरूले औषधि उपचारमा एकरूपता ल्याउनुपर्ने, प्रहरी र आर्मीका सिपाही तथा हवल्दारले पाउनुपर्ने सुविधा र वृद्धभत्ता वितरणमा त्रुटि रहेको बताएका थिए ।
त्यस्तै मओवादी जनयुद्धमा दस वर्ष सेवा गरेर घर बस्न बाध्य भएकाहरूलाई पनि पेन्सनको व्यवस्था गर्नुपर्ने कुरा समेत उठेको थियो । कार्यक्रममा रौतहट जिल्ला कमिटी र मधेश प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।











