Logo
Logo

मेस्सीले जिते ‘फिफा उत्कृष्ट अवार्ड’


567
Shares

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले ‘फिफा उत्कृष्ट अवार्ड’ जितेका छन् ।

पेरिसमा आज बिहान भएको एक समारोहमा उनले प्रतिद्वन्द्वीहरु फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै पुरुषतर्फ वर्षको उत्कृष्ट अवार्ड जितेका हुन् ।

विश्व फुटबल महासंघ फिफाले हरेक वर्ष एक महिला र एक पुरुषलाई ‘फिफा द वेस्ट अवार्ड’ प्रदान गर्दै आएको छ । ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई फिफा विश्वकप उपाधी दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

यसअघि फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीनजनाको नाम तय गरिएको थियो । सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको हो ।

सन् २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एकपटक मात्र असफल भएका खेलाडी हुन् । यी तीनमध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले ‘द वेष्ट फिफा अवार्ड’ जितिसकेका छन् ।

महिलातर्फ भने एलेक्सिया पुटेलसले उत्कृष्ट अवार्ड जितेकी छिन् । त्यस्तै इङल्याण्डकी मेरी इयर्पले उकृष्ट गोल किपरको अवार्ड जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्