Logo
Logo

लमजुङमा जलेर ९१ वर्षीय वृद्धको मृत्यु


189
Shares

लमजुङ । दोर्दी गाउँपालिका–८ मा जलेर वृद्धको मृत्यु भएको छ।

बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको हो । गएराति घरमा अचानक आगलागी हुँदा जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्तताका कारण बाहिर निस्किन नसक्दा उनको जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले बताए । चुलोमा बलेको आगो निभाउन बिर्सिँदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्