Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


882
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंका अनुसार अमेरिकी डलरको भाउ १३ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४० रूपैयाँ ३२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रूपैयाँ २२ पैसा तोकिएको छ ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको मंगलबारको खरिदमूल्य १५८ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ १६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ९७ रूपैयाँ ७१ पैसामा कारोबार भइरहेको छ ।

 यस्तै, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा कायम गरेको छ भने साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा तोकिएको छ ।

उता, मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ५३ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ६६ पैसा तोकिएको छ । आज कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३५ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्