Logo
Logo

मलेसियाले नेपाललाई दियो ७३ रनको लक्ष्य


819
Shares

काठमाडौं । यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो चुनौती दिएको छ। युएईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५.३ ओभरमा ७२ रनमा अलआउट गरेको हो ।

मलेसियाका लागि मुहम्मद अक्रम मलेकले सर्वाधिक २६ रन बनाए भने हाइरिरी हरिसन र स्याहिर स्यामेलले समान १२÷१२ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका दीपेश कँडेलले ४, आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले एक विकेट लिए। नेपालले अहिले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङमाथि सहज जित निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्