
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुासार आज सुन तोलाको एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











