Logo
Logo

विश्वकप लिग-टु : यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने


693
Shares

काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत घरेलु टोली यूएईविरुद्ध टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

जारी शृङ्खलाको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ । नेपाली टोलीमा आजको खेलमा एक जना सदस्य परिवर्तन गरिएको छ ।

घाइते हुँदै टिम बाहिर रहेका ओपनर कुशल भुर्तेलको स्थानमा युवा फास्ट बलर प्रतिश जिसी पहिलो रोजाइमा खेल्नेछन् । प्रतिशले शृङ्खलाको पहिलो खेलमा पुवा न्युगिनीविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गरेका थिए ।

लिग टुको शीर्ष तीनमा नेपाल र यूएई दुवैलाई आजको खेल महत्वपूर्ण मानिएको छ । नेपालले शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दवाव छ ।

प्रतिक्रिया दिनुहोस्