काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध चार विकेटल लिएको छ ।

जितको लागि २ सय ४९ रनको बलियो विजयी लक्ष्य पछ्याएको यूएईले ६ ओभरमा ४ विकेट गुमाउँदै ८ रन बनाएको छ । छैठौं ओभरको पहिलो बलमा सोमपाल कामीले आशिफ खानलाई विकेटकिपर आशिफ शेखबाट क्याचआउट गराएसँगै नेपालाई चौथो सफलता दिलाए ।
नेपालका ललित राजवंशीले युएईका वृत्य अरिवन्दलाई इनिङ्ग्सको पाँचौ बलमा बोल्ड गरे। यस्तै तेस्रो ओभरको चौथो बलमा दिपेन्द्रसिंह ऐरीले आर्यन लक्रालाई पनि शून्यमै बोल्ड गर्दै नेपाललाई सफलता दिलाए । त्यतिबेला युएईले ६ रन मात्र जोडेको थियो ।
यस्तै ललितले पाँचौ ओभरको चौथो बलमा मोहमद वासीमलाई ८ रनमा क्याच गराए । ललितले पहिलो र पाँचौ ओभर दुवैमा कुनै पनि रन नदिइ मेडन राखेका छन् ।
५ ओभरमा ८ रन जोडेको युएईले छैटौं ओभरको पहिलो बलमा अर्को विकेट गुमायो । सोमपाल कामीले आशिफ खानलाई ६ रनमा विकेटकिपर आशिफ शेखबाट क्याच गराउदा नेपालले चार विकेट लिन सफल भयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छँदा २४८ रनमा अलआउट भएको थियो ।











