काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिदेशीय शृंखलामा नेपालले सानदार जित निकालेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको हो । यो जितसँगै नेपालले आउँदो चार वर्षका लागि एकदिवसीय मान्यता कायम राखेको छ ।

यूएईविरुद्धको जित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै फराकिलो जित हो । नेपालले यसअघि सन् २०२१ मा पपुवा न्युगिनीलाई १५१ रनले हराएको थियो ।
आइतबार नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरमा ७१ रनमै समेटियो ।
त्यसअघि, कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९।२ सबै विकेट गुमाएर २४८ रन बनाएको थियो ।











