Logo
Logo

किरण चेम्जोङ उत्कृष्ट गोलकिपर घोषित


630
Shares

काठमाडौं । भारतीय आईलिगमा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

आईलिगमा पञ्जाब एफसीबाट खेलेका किरण आइतबार राति सम्पन्न लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका हुन् । किरणको टिम पञ्जाबले एक खेल बाँकी हुँदै लिग उपाधि जितेको थियो ।

च्याम्पियन बनेसँगै किरणको टिम पञ्जाब इन्डियन सुपर लिग (आईएसएल)मा बढुवा भएको छ । पञ्जाबले सन् २०१७÷१८ पछि पहिलोपटक उपाधि जितेको हो । अघिल्लो वर्ष गोकुलम केरलाले उपाधि जितेको थियो ।

आईलिगमा किरण यसअघि पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्