Logo
Logo

सोमपालले लिए दोस्रो विकेट, पीएनजीको दुबै ओपनर आउट


882
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले पीएनजीविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालले ६.२ ओभरमा पीएनजीको २ विकेट लिएको हो । पीएनजीले ६.२ ओभरमा मात्र १७ रन बनाएको छ । पीएनजी दुवै ओपनरलाई गुमाएपछि दबाबमा आएको छ ।

हिरिहिरी १४ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए । अर्का अ‍ोपनर किपलिन डोरिगा २ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए ।

अहिले क्रिजमा सेसे बाउ १ र कप्तान असद भाला शून्य रनमा नटआउट छन् ।

प्रतिक्रिया दिनुहोस्