Logo
Logo

पीएनजीद्धारा नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत


567
Shares

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा पपुवा न्युगिनीले नेपाललाई ९६ रनको झिनो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रन बनाउँदा अलआउट भयो ।

पीएनजीविरुद्ध नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए । सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै २५ रन खर्चे । ललित राजवंशीले २ विकेट झारे । ललितले ७ ओभरमा १ मेडन राख्दै १३ रन दिए। कुशल मल्लले २ विकेट झारे। सोमपाल कामीको नाममा एक विकेट रह्यो।

स्पिनर सन्दीप लामिछानेले सेसे बाउलाई १८ रनमा बोल्ड आउट गराए। हिरि हिरी १४ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए। अर्का अ‍ोपनर किपलिन डोरिगा २ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए ।

कप्तान असद भाला २० रन बनाउँदा सन्दीपको बलमा ललितको हातबाट क्याच आउट भए। चार्ल्स अमिनी १६ रनमा सन्दीपको बलमा ललितकै हातबाट क्याच आउट भए। रिले हेकुरे ४ रन बनाउँदा ललितको बलमा क्याच आउट भए।

नोर्मान भनुवा शुन्य रनमा कुशल मल्लको बलमा दिपेन्द्रसिंह ऐरिको हातबाट क्यच आउट भए। हिला भनुवा ७ रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए।

कवुवा मोरिया १ रन बनाउँदा कुशल मल्लको बलमा भिम सार्कीबाट क्याच आउट भए। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया दिनुहोस्