Logo
Logo

‘पहिचानको लागि सडक साहित्य यात्रा’ कार्यक्रममा प्रहरी हस्तक्षेप



विराटनगर । प्रदेश १ को ‘कोशी प्रदेश’ नाम खारेजीको अभियानमा लागेका साहित्यकार तथा पत्रकार जनकऋषी राईलगायत दुई जनालाई बिहीबार प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।

‘कोशी प्रदेश’ नाम खारेजीको अभियानस्वरुप बिहीबार ‘पहिचानको लागि सडक साहित्य यात्रा-२०७९’ प्रदेश १ सभाको गेटअगाडि सुरु हुनै लाग्दा प्रहरी हस्तक्षेप गरेको थियो ।

किरात राई लेखक संघ, थाक्थुङ लेखक संघ केन्द्रीय समिति, किरात अन्तराष्ट्रिय सांस्कृतिक अभियानको संयुक्त अयोजनामा बिहीबार ‘पहिचानको लागि सडक साहित्य यात्रा-२०७९’ कबिता वाचन गर्ने क्रममा प्रहरी हस्तक्षेप भएको किरात राई लेखक संघका केन्द्रीय अध्यक्ष बलिराज खम्बूले बताए ।

सोक्रममा किरात प्रज्ञा परिषद सदस्यसमेत रहेका नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई र सञ्जय याक्खालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सडक सहित्य अभियानमा रचना वाचन गर्न राई र याक्खा धरानबाट त्यहा आएका थिए । प्रहरीले निषेधित क्षेत्रमा कार्यक्रम गर्न नदिने र आयोजकले ब्यानर टाँगेर गर्न लाग्दा दुई जनालाई प्रहरीले पक्राउ गरेपछि चर्को विरोध भएको थियो ।

पहिचानको आन्दोलनमा लागेका दुई जना लेखक÷साहित्यकार तथा पत्रकारलाई पक्राउ गरेपछि प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गर्दै बिनासर्त रिहाइको माग गरेपछि उनीहरुलाई छाडिएको हो ।

प्रतिक्रिया दिनुहोस्