काठमाडौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपिभी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो ।

कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार भएको दाबी गरेको छ । कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प भएको कम्पनीको भनाइ छ ।
यो कार भारतको इन्डियन कार अफ द इयर (आइसिओटिवाई) २०२३ अवार्ड प्राप्त एमपिभी भएको कम्पनीले जनाएको छ । कारेन्समा १० रोबस्ट हाई–सेफ्टी प्याकजजस्तो विशेषता रहेको र यो सबै भेरियन्टमा स्ट्यान्डर्ड रूपमा आउने कम्पनीको भनाइ छ ।
विशेषता :
यो गाडीमा ६ ओटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल ह्विल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सरजस्ता विशेषता रहेको कम्पनीको दाबी छ ।
यो गाडी दुईथरी पेट्रोल इन्जिनमा उपलब्ध रहेको जनाइएको छ । ११५ विएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर र १४० विएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटरको इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १.५ लिटर पेट्रोलमा ६ स्पिड मयनुअल र १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डिसिटी अप्सन उपलब्ध रहेको जनाइएको छ ।
कारेन्स ११५ विएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन रहेको छ । लक्जरी प्लस ट्रिममा स्टेयरिङमा प्याडल सिफ्टर पनि रहेको र यसले सात स्पिड डिसिटी वा ६ स्पिड अटोमेटिकमा पुगेका वेला काम गर्ने जनाइएको छ ।
यो गाडीमा एक सय ९५ मिमि ग्राउन्ड क्लियरेन्स, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्टेसन, सनरुफ, दोस्रो र तेस्रो रोका लागि हावाको स्पिड एडजस्ट गर्न मिल्ने छतमा जडित एयरकन भेन्ट्स, सिटपछाडि जडित ट्याब्लेट र स्मार्ट फोन नोचयुक्त कपहोल्डरसहितको ट्रे टेबल, भेन्टिलेटेड फ्रन्ट सिटहरू, ६४ कलर एम्बियन्ट लाइटिङ, एयर प्युरिफायर, बोस अडियो सिस्टम, वान टच सेकेन्ड रो टम्बल यसका थप विशेषता रहेको कम्पनीको भनाइ छ ।
यो सात सिटर कन्फिगेरेसन, ठूलो बुट स्पेस, दुई सय १६ लिटरको लगेज स्पेस रहेको र तेस्रो रो फोल्ड गर्दा लगेज स्पेसलाई ६ सय ४५ लिटरसम्म बढाउन सकिने कम्पनीको दाबी छ । कारेन्स प्रिमियमको ४८ लाख ९० हजार रुपैयाँ र कारेन्स प्रेस्टिजको ५२ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको कम्पनीले जनाएको छ ।












