Logo
Logo

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरियो



पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।

शुक्रबार बसेको गण्डकी प्रदेशसभाअन्तर्गत माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता चुमानलाई सरकारबाट बाहिरिन बिहीबार निर्देशन दिएका थिए ।

गण्डकीमा माओवादी र राप्रपाको साथले एमाले नेतृत्वमा सरकार बनेको थियो । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसद आवश्यक पर्छ । दुई मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको छ । अब अधिकारीलाई कि राजीनामा दिने कि त विश्वासको मत लिने दुई विकल्प रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्