Logo
Logo

पहिचान पक्षधरको माग सम्बोधन गर्नुपर्छ : इन्द्र आङ्बो



विराटनगर । नेकपा माओवादी केन्द्रले ‘कोशी’ प्रदेशको नाम विवाद आपसी संवादबाट हल गर्न सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ ।

प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग गर्दै जारी आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बु ‘लाजेहाङ’को मृत्यु भएपछि प्रदेशको पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन अझ चर्काउने तयारी गरेको अवस्थामा माओवादीले सरकारसँग यस्तो आग्रह गरेको हो ।

फाइल फोटो

माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिचान पक्षधरलाई बार्तामा बोलाउन सरकारलाई आग्रह गरेको हाे ।
माओवादी कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सम्भव भएसम्म माग सम्बोधन गर्नुपर्ने बताए ।

उनले सकेसम्म शन्तिपूर्ण तरिकाले समस्या समाधान गर्नुपर्ने बताउँदै भने, ‘समस्या समाधान शान्तिपूर्ण तवरले गर्नुपर्छ । हिंसात्मक र अराजक तवरको आन्दोलनले समस्या समाधान हुँदैन । पहिचानवादीको आवाज सरकारले पनि सुन्नुपर्छ र सम्बोधन गर्नुपर्छ ।’

उनले पहिचानको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गरी परिवारलाई राहत दिन समेत सरकारसँग माग गरे । नाम राख्नुपर्ने बाध्यताका करण प्रदेशको नाम राखिएको बताउँदै उनले पहिचान पक्षधरको माग सम्वादका आधारमा सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्