Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १६ पैसाले वृद्धि भएको छ ।

आज १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरोको भाउ पनि उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३१ पैसाले बढेको हो । सोमबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ १३ पैसा कायम गरिएको थियो।
 
आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा तोकिएको छ । यो मूल्य सोमबारको तुलनामा एक रुपैयाँ ४७ पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ३ पैसा कायम गरिएको थियो ।  

अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ३० पैसा र बिक्रीमा ८७ रुपैयाँ ७० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । 

साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसामा पाइनेछ ।

यता कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६४ पैसा पाइन्छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्