Logo
Logo

बार काउन्सिलमा कुलिङ पिरियड लागू, पूर्व कर्मचारीले २ वर्षसम्म वकालत गर्न नपाउने


0
Shares

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्ले सरकारी सेवाबाट निवृत्त भएका केही व्यक्तिलाई कानुन व्यवसायीको प्रमाणपत्र लिनुअघि निश्चित अवधि विश्राम गर्नुपर्ने व्यवस्था लागू गरेको छ । परिषद्को निर्णयअनुसार सेवा निवृत्त भएको दुई वर्षपछि मात्रै कानुन व्यवसायीको प्रमाणपत्रका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको हो ।

परिषदका सूचनाअनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा स्थायी नियुक्ति पाएर कार्यरत निजामती कर्मचारी, न्यायाधीश वा न्याय सम्पादनको कार्यमा संलग्न व्यक्ति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपाली सेनामा कार्यरत व्यक्ति र सरकारी सेवाबाट पारिश्रमिक लिने विद्यालयका स्थायी शिक्षक लगायतका कर्मचारीलाई यो व्यवस्था लागू हुनेछ ।

यस्ता सेवामा कार्यरत व्यक्तिहरू सेवा निवृत्त भएपछि कानुन व्यवसायमा प्रवेश गर्दा स्वार्थको द्वन्द्व र निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै परिषद्ले विश्राम अवधि अर्थात् ‘कूलिङ अफ पिरियड’ कायम गर्ने निर्णय गरेको हो ।

नेपाल कानुन व्यवसायी परिषद्को गत मंसिर ९ गते बसेको बैठकले सम्बन्धित व्यक्तिहरूले सेवा अवधि समाप्त भएको दुई वर्षपछि मात्रै कानुन व्यवसायीको प्रमाणपत्रका लागि आवेदन दिन पाउने निर्णय गरेको सूचनामा उल्लेख छ । यस व्यवस्थालाई लागू गर्न परिषद्ले आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५ को नियम १३ संशोधन गरेको जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000