
काठमाडौं । सरकारले स्वास्थ्य बीमा परिचय पत्रको फोटोकपीका आधारमा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन परिपत्र गरेको छ । स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्र पठाउँदै स्वास्थ्य बीमा परिचय पत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा फोटोकपीका आधारमा पनि सेवा दिन भनेको हो ।
परिपत्रमा भनिएको छ, ‘स्वास्थ्य सेवा प्राप्त गर्न स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा विवरण स्पष्ट देखिने फोटोकपी पेश गरेको अवस्थामा उक्त कार्डमा उल्लिखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमित भए/नभएको यकीन गरेर स्वासथ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्न हुन अनुरोध छ ।’
यससँगै स्वास्थ्य बीमा परिचय पत्रको भौतिक प्रति साथमा नभएको कारणले मात्र बीमितलाई सेवाबाट वञ्चित नगर्न पनि बोर्डले अनुरोध गरेको छ ।


















