काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल अध्यक्ष भएका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान बमोजिम ढकाल अध्यक्ष भएका हुन् ।

बिहीबार निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको सपथ पश्चात आफ्नो उनले कार्यकाल सम्हालेका छन् । अध्यक्ष ढकालले आफूले लामो समयदेखि वरिष्ठ उपाध्यक्ष सर्वसम्मतिबाटै छनोट गर्ने प्रयास अन्तिममा सफल भएको बताए ।
अध्यक्षका रुपमा महासंघको छविलाई आगामी दिनमा अझ उचो बनाउने उनले प्रतिबद्धता जनाए । महासंघको नव–निर्वाचित अध्यक्षका रुपमा अबको कार्यकालमा वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा व्यवसायीको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने लगायतको काम उनको प्राथमिकतामा रहेको छ ।
यो पनि पढ्नुहोस्











