Logo
Logo

कोरोना संक्रमणबाट चितवनमा एक वृद्धाको मृत्यु


882
Shares

चितवन । कोरोना संक्रमणका कारण चितवनमा एक वृद्धाको मृत्यु भएको छ।

कोरोना संक्रमण भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय (चितवन) का जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार अनुसार ती पुरुषलाई निमोनियाँ भएको थियो भने मिर्गौलासम्बन्धी समस्या पनि थियो ।

कोरोना संक्रमणका कारण चितवनमा गत साउन २३ मा एकजनाको मृत्यु भएको थियो । त्यसयता संक्रमण नरोकिए पनि कोरोनाका कारण कसैको मृत्यु भएको थिएन।

योसहित चितवनमा कोरोना संक्रमणका कारण मृत्यु भएकाको संख्या ४५१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्