
झापा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनअपेक्ष पुरा गर्न पार्टी जिम्मेवार हुनुपर्ने बताएका छन् ।
आज झापामा आयोजित एक कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए ।
नेता सिंहले जनताले देशको भविश्यको आशा नेपाली कांग्रेस देखेको भन्दै पार्टी जिम्मेवार हुनुपर्ने बताए । जनताले कांग्रेसका अहिलेका नेताहरुलाई संस्थापक नेताहरुसँग तुलना गरेर हेर्ने गरेकाले भरोसायोग्य पार्टी बनाउनुपर्ने उनको जोड छ ।
कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्ने उनको भनाइ छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले समयको माग र आम जनताको चाहनालाई बुझेर सत्तामा गइसकेपछि सम्बोधन गर्नसक्ने क्षमता विकसित गर्नुपर्ने बताए ।











