
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले बोलाएको बैठकमा अनुपस्थित भएका छन् । आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीनिवास बालकोटमा बिहान ९ बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्री प्रचण्ड स्वयं नगएका हुन् ।
उक्त बैठक प्रधानमन्त्री प्रचण्ड आफैँले बोलाएको तर अन्तिम समयमा अनेक बाहाना बनाएर बैठकमा सहभागी नभएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले जानकारी दिए ।
आज बिहान ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो । तर, बैठकका लागि भनेर सभामुखसहित एमाले नेताहरू सबैजना समयमै बालकोट पुगिसकेपछि प्रचण्डले आज बैठक बस्न नसक्ने जानकारी गराएका थिए ।
संसदमा विचाराधीन टीआरसी विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल गर्ने कार्यक्रम थियो । तर, प्रचण्ड र देउवा दुबै जना बैठकमा नगएपछि बैठक स्थगित भएकाे छ ।
एमालेले प्रमुख प्रतिपक्षी दल छलफल तथा सम्वादका लागि तयार रहे पनि सरकारकै नेतृत्व भने आफैँले बैठक बोलाएर बैठकप्रति उदासीन हुनु र छलफल सम्वादलाई प्राथमिकता नदिनु दुःखद् विषय भएको टिप्पणी गरेको छ ।
‘











