Logo
Logo

यस्ता छन् उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालका ५ प्रतिवद्धता


630
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पदभार सम्हालेका छन् । आइतबार काठमाडौंको टेकुस्थीत महासंघको कार्यालय पुगेर ढकालले पदभार सम्हालेका हुन् ।

पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ढकालले आफ्नो कार्यकालमा विशेष गरी पाँच वटा विषयलाई प्राथमिकतामा राखेको बताए ।

जसमा पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो–लगानीको वातावरण बनाउने, तेस्रो– राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो–दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा पाँचौं– व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने रहेको छ ।

उनले ती कामहरु पुरा गर्न सरकारले सहयोग गर्ने विश्वास लिएको समेत बताए । त्यस्तै कार्यभार हस्तान्तरणपछि बोल्दै महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफुले नयाँ अध्यक्षलाई सदैव साथ र समर्थन रहने बताए ।

उनले विधान अनुसार महासंघ चलेको र निर्वाचनबाट आएका कार्यसमिति सदस्यहरुले अहिलेको चूनौतिलाई समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्