
काठमाडौं । मधेस प्रदेशका स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा–२ को उपनिर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।
बारा क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद जयसवालले शनिबार विज्ञप्ति जारी गरी उम्मेदवार यादवलाई समर्थन गर्ने घोषणा गरेका हुन् । उनले उम्मेदवार यादवलाई मतदान गर्न बारा २ का जनतासँग अपिल समेत गरेका छन् ।
मधेश आन्दोलनको नेतृत्व गरी मधेसका सवालहरू सम्बोधन गराउन र देशमा संघीयता स्थापित गराउन अतुलनीय योगदान गरेको र नागरिकता लगायतका समस्या समाधानका लागि जसपा अध्यक्ष यादव संसदमा पुग्नुपर्ने सांसद जयसवाललेबताएका छन् ।











