Logo
Logo

पहिचानको आन्दोलन सातै प्रदेशमा विस्तार गर्न सुझाव


1.8k
Shares

काठमाडौं । प्रदेश १ को नाम कोशिविरुद्ध पहिचान पक्षधरहरुको आन्दोलन चलिरहेको बेला आदिवासी बुद्धिजिवीहरुले अब सातै प्रदेशमा पहिचानको आन्दोलन विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।

किरात याक्थुम चुम्लुङको सभाकक्षमा आयोजित ‘प्रदेश १ पुनः नामङ्कन आन्दोलनबारे अब के गर्ने’ विशेष विमर्ष कार्यक्रममा बुद्धिजिवीहरुले पहिचानको आन्दोलन अब सातै प्रदेशमा विस्तार गर्नुपर्ने सुझाव दिएका हुन् ।

कार्यक्रममा आदिवासी अधिकारकर्मी डा. कृष्ण भट्टचनले पहिचानको आन्दोलन सफल बनाउन पहिचान पक्षधरहरुबीच गृहकार्यको आवश्यक रहेको बताए । ‘कुनै पनि आन्दोलन कि सफल हुन्छ कुनै हुँदैन भन्ने पनि होला । अर्को चाहिँ प्राप्त उपलब्धीलाई रक्षा गर्दै विस्तारै जाऔँ भन्ने पनि होला । तर, अन्तर्राष्ट्रिय प्राज्ञिक भाषामा स्वार्थ चाहिँ (पोजिस्नल) अडानमा आधारित हो कि (ईन्ट्रेस्ट) स्वार्थमा आधारित हो । अडानमा आधारित हो भने त्यो अडान पुरा भएन भने ज्यान दिइन्छ तर छाड्दैन’, उनले भने- ‘त्यसकारण हामी पोजिस्नल लिने हो भने छलफल तयारी त्यहि अनुसार हुनुपर्छ । यो दुईवटा एकै ठाउँमा मिसाएर हुँदैन । कोशी नाम खोरजी गर्नुपर्छ भन्ने आन्दोलन सहि छ तर, त्यो नाम निकालिसकेपछि के हुने भन्ने सवालमा विभाजित हुन पुग्यो भने अहिले चलिरहेको जस्तो आन्दोलन अर्को २० बर्ष कुनुपर्ने हुन्छ ।’

यस्तै, आदिवासीको मावन अधिकारसम्बन्धी वकिल समूह लाहुर्निपका उपाध्यक्ष अधिवक्ता शंकर लिम्बूले प्रदेश नामङकनको विषय अन्तर्राष्ट्रिय मञ्चमा कानूनी लडाई लड्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले पहिचानको आन्दोलन कहिले अन्त्य नहुने बताए । कोशि नाम खारेजीको लागि भइरहेको आन्दोलनले कहिले बाटो नविराउने भन्दै आफूहरुले मन्त्री सांसद हुनका लागि आन्दोलन नगरेको उनले स्पष्ट पारे । उनले अब पहिचान प्राप्तको लागि निर्णाय आन्दोलन गर्नुपर्ने भन्दै समपूर्ण पहिचान पक्षधरहरुलाई त्यसको लागि तयार रहन पनि अपिल गरे ।

त्यस्तै किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले आन्दोलनको स्वरुपलाई परिवर्तन गरेर वृहत रुपमा अघि बढ्नुपर्ने धारणा राखे । त्यस्तै नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव आङ्काजी शेर्पाले पहिचानको आन्दोलन गरिरहँदा एकअर्काको पहिचानलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताए । अहिलेको अवस्थामा प्रदेशको नाम के राख्ने भन्दा पनि कोशि नामलाई हटाउन लागि पर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्