काठमाडौं । खोटाङमा पहिचान पक्षधरले नगरपालिकाको ‘कोशी प्रदेश’ लेखिएको क्यालेण्डर क्यालेन्डर जलाएका छन् । उनीहरुले नगरपालिकाको कार्यालयको मूख्यद्धार अगाडी मंगलबार करीव दुई सय थान कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएका हुन् ।

पर्खन बहादुर राईको अध्यक्षतमा २६ चैतमामा बसेको बैठकले कोशी प्रदेश खारेजीको आन्दोलन चर्काउन युगसन किरातको संयोजकत्वमा पुनःनामाङ्कन संघर्ष समिति र ६ वटा उपसमिति गठन गरेको थियो । ६ वटा उपसमिति अन्तर्गतको युवा परिचालन समितिले नगरपालिकाको सचिवालयमा राखेको अवस्थामा राखेको क्यालेण्डर निकालेर जलाईदिएको हो ।
२७ चैतमा उपप्रमुख विसन राई र प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललाई पुनः नामाङ्कन संघर्ष समितिले ज्ञापन पत्र बुझाउँदै छाप, लेटरप्याड तथा नगरबाट निस्कने दस्तावेजहरुमा कोशी प्रदेश नलेख्न आग्रह गर्दागर्दै झुक्याएर क्यालेण्डरमा कोशी प्रदेश लेखेको पाइएपछि जलाईएको उनीहरुले बताएका छन् । क्यालेण्डर जलाएपछि पहिचान पक्षधर समुहहरुले कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा नामङ्कन घोषणा गर जस्ता नाराबाजी गरेका थिए ।
यो पनि पढ्नुहोस्











